कृष्ण कंडेलविरुद्ध मुद्दा दायर



काठमाडौं ।

लोकप्रिय लोकदोहोरी टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुव्र्यवहारको मुद्दा दायर भएको छ।

जिल्ला अदालत काठमाडौंमा आइतबार एक महिलाले मुद्दा दायर गरेको अदालत स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार ती महिलाले मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार यौन दुर्व्यवहारको कसुरमा मुद्दा दर्ता गरेकी हुन्।

सो दफामा यौन दुर्व्यवहार गर्न नहुने र गरेमा तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना हुने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्