वेब सिरिजमा नयाँ आशा ‘स्वस्थानी भर्सेस ग्याङ’



काठमाडौं ।

चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ आगामी वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने भएको छ । पोस्टर सार्वजनिक गर्दै यो समूहले उक्त जानकारी दिएको हो ।

सार्वजनिक पाँच पोस्टरले सिरिजको कथावस्तु, चरित्र चित्रण र मुड दर्शाउँछ । यसअघि रुचाइएका ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टीफस्ट लभ’ र ‘यू एण्ड आई’पछि प्रोफाइल पिक्चर्सले ‘कार्टुन्ज क्रु’सँगको सहकार्यमा छुट्टै एउटा नयाँ सिरिज ल्याउन लागेको हो ।

नेपालमा अहिले बनिरहेका वेब सिरिज भन्दा बिल्कुलै फरक ढंगले निर्माण भएको टिमले जानकारी दिएको छ। यो सिरिजको कथा, पटकथा र निर्देशन सरिन पोखरेलको छ पोखरेल आफैले यस अधि नेपालमा युवापुस्ताले एकदमै रुचाईएको तीन वटा सिरिज निर्देशन गरिसकेका छन् । सरोज अधिकारी र सागर खनाल निर्माता हुन् । कार्यकारी निर्मातामा विजय अधिकारी (बन्नी) छन् ।

सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, जिवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, सगिता बस्याल ,अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईं, रोशनी कार्की, सोनिया लामा, निकोलस अर्याल लगायत कलाकार छन् ।

गायक प्रताप दासको केमियो भूमिका हुनेछ ।संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन रहने छ । एड्भेन्चर, कमेडी, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ । सिरिजको शीर्ष भूमिका स्वस्थानीमा आश्माले अभिनय गरेकी छन् ।

एउटा मोबाइल वरपर केन्द्रित कथावस्तुमा सिरिज बनेको छ ।सिरिजमा कुल १० एपिसोड हुनेछ । ‘हामीले पहिले लभस्टोरी बनाउँथ्यौं । यसपटक भने त्यो जनरा छाडेर कमेडी र एड्भेन्चरतिर लागेका छौं  ।

प्रतिक्रिया दिनुहोस्