रिमाल सिङ्गिङ स्टार



हेटौंडा ।

हेटौंडा एकेडेमी सिङगिङ स्टारको उपाधि पृथक रिमालले जितेका छन्। हेटौंडा–११ मा रहेको हेटौंडा एकेडेमी आवासीय विद्यालयको रजत जयन्तीको अवसरमा आयोजित प्रतियोगिताको फाइनल राउन्डमा १० प्रतिस्पर्धीलाई पछि पार्दै रिमालले उपाधि जितेका हुन्।

प्रतियोगितामा रोशना विष्ट दोस्रो र कृतज्ञ सापकोटा तेस्रो भए। विजयी विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षता तथा ख्यातिप्राप्त गायक आनन्द कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा हेटौंडाका गायक कृष्णगोपाल सिंहले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्