लोकदोहोरीमा आयो चरी वनमा



काठमाडौं ।

लोक गायकद्वय नकुल थापा र विष्णु थापा तथा लोकगायिकाद्वय राधिका गिरी र शान्ति पोखरेलको स्वरमा नयाँ लोकदोहोरी गीत चरी वनमा हालै सार्वजनिक भएको छ।

राधिका गिरी र शान्ति पोखरेलको संयुक्त प्रस्तुति रहेको गीतमा गायक नकुलको लय तथा विष्णुको शब्द रचना रहेको छ। लोक लयमा बुनिएको भाकाले भन्छ चरी वनमा के विचार छ, मनमा मलाई भन्देउ न सुटुक्कै।

राजधानीको धर्मस्थलीका विभिन्न आकर्षक स्थान र सेटमा छायांकन गरिएको गीतमाथि सुहाउँदो र आकर्षक भिडियो निर्माण गरिएको छ। लाइभ दोहोरी शैलीमा निर्माण गरिएको भिडियोमा मोडलहरू चन्द्रकुमार श्रेष्ठ र कौशिला कार्कीका साथमा बाल कलाकारहरू निश्चलजंग थापा र गृष्मा थापामगरको नृत्य तथा अभिनय रहेको छ।

भिडियोमा गायकगायिकालाई पनि लाइभदोहोरी शैलीमा फिचर्ड गरिएको छ। हुम गैरेको निर्देशन र सम्पादन तथा विकास भारतीको कोरियोग्राफी रहेको भिडियोमा डेनिसको छायँंकन रहेको छ।

गायक विष्णु थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोको दृश्य निर्मँण विशाल मुभीले गरेको हो। सिन्धुपाल्चोकका गायक नकुल लामो समयदेखि वैदेशिक रोजगारीमा रहेर गीत संगीतमा सक्रिय छन् भने अर्का गायक विष्णु पनि लोकगीत संगीतमा लामो समयदेखि सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस्