बलात्कार मुद्दामा दोषी ठहरिएका आल्भेसलाई जेल सजाय

5.73k
Shares

एजेन्सी ।

बलात्कार मुद्दामा दोषी ठहरिएपछि ब्राजिल र बार्सिलोनाका पूर्वखेलाडी डानी आल्भेसलाई साढे चार वर्षको जेल सजाय तोकिएको छ।

४० वर्षीय विश्वस्तरीय डिफेन्डरमाथि सन् २०२२ को डिसेम्बरमा बलात्कारको आरोप लागेको थियो। आल्भेसले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए।

बार्सिलोनाको नाइट क्लबमा बलात्कारको आरोप लागेका आल्भेसलाई बिहीबार मेडिकल परीक्षणको आधारमा स्पेनिस अदालतले दोषी ठहर गरेको हो।

अदालतले आल्भेसलाई साढे चार वर्षको जेल सजाय र पीडित महिलालाई डेढ लाख युरो क्षतिपूर्ति दिन आदेश दिएको छ। सन् २०२२ को डिसेम्बर ३१ को रात आल्भेसले मद्यपान गरेको अवस्था बलात्कार गरेको पीडित महिलाले उजुरी दिएका थिए।

पीडित महिलाले उक्त रात नाइट क्लबमा आफूहरू दुवैजना सँगै नाचेको र पछि आफू शौचालयमा जाँदा आल्भेस पनि प्रवेश गरी बलात्कार गरेको बयान दिएका थिए।

Skip This