सुष्माले अष्ट्रेलियाबाट गरिन् उपहारको डबिङ



काठमाडौं।

अभिनेत्री सुष्मा कार्कीले आगामी फागुन २५ गते रिलिज हुने फिल्म उपहारको डबिङ अस्ट्रेलियाबाट गरेकी छिन्। केही समययता अस्ट्रेलिया रहेकी सुष्माले त्यहींबाटै आफ्नो पात्रको डबिङ गरेकी हुन्।

सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा उपहारको डबिङ गरेको अस्ट्रेलियाबाट पत्रकार राजन घिमिरेले जानकारी गराए। डबिङको दृश्यमा सुष्मा निकै रिसाएकी देखिएकी छन्। उनले अभिनेत्री बेनिशा हमाललाई अपार्टमेन्टमा फोहोर फालिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा रेखा थापा, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतले अभिनय गरेका छन्। अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन र अनुपम गौतमको भीएफएक्स रहेको छ।

प्रतिक्रिया दिनुहोस्