म्यानचेस्टर सिटी बराबरीमा रोकिदा लिभरपुल र आर्सनललाई फाइदा

1.41k
Shares

काठमाडौं ।

इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएका छन्। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

खेलमा चेल्सीले रहिम स्टरलिङको गोलमा खेलको ४२औँ मिनेटमा अग्रता लिएको थियो। त्यसपछि म्यानचेस्टर सिटीका लागि खेलको ८३औँ मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई हारबाट बचाएका थिए। यो बराबरीपछि म्यानचेस्टर सिटीको २४ खेलमा ५३ अङ्क भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ।

यो बराबरीपछि प्रिमियर लिगको समीकरणमा लिभरपुल र आर्सनललाई फाइदा भएको छ। गएराति नै सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४-१ ले र आर्सनलले बर्न्लीलाई ५-० ले पराजित गरेका थिए।

सिटीको २४ खेलमा ५३ अङ्क भएको छ भने एक खेल बढी खेलेको लिभरपुलको २५ खेलमा ५७ अङ्क रहेको छ।

त्यस्तै २५ खेलमा ५५ अङ्क रहेको आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ। त्यसै गरी सिटीसँग बराबरीमा रोकिएको चेल्सीको भने २५ खेलमा ३५ अङ्क रहेको छ र लिगमा १०औँ स्थानमा छ ।

Skip This