लेवानडोस्कीको दुई गोलमा बार्सिलोना विजयी



काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाइ २-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए। उनले खेलको ९७ औं मिनेटमा निर्णायक पेनाल्टी गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका थिए।

त्यसै गरी सेल्टा भिगोका लागि एक गोल लागो आसपासले गरेका थिए। यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अङ्क भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ।

त्यसै गरी सेल्टा भिगोको २५ खेलमा २० अङ्क रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्