आज नेपाल ‘ए’ र क्यानडा–११ भिड्दै



काठमाडौं ।

नेपालको ‘ए’ क्रिकेट टिमले तीन खेलको एकदिवसीय अभ्यास खेलअन्तर्गत  आज क्यानडा- ११ सँग खेल्दै छ। यो खेल मुलपानी क्रिकेट मैदानमा आज बिहान साढे ९ बजेदेखि सुरु हुने छ।

क्यानडा- ११ विरुद्ध नेपाल ‘ए’ ले फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल खेल्ने तालिका रहेको क्यानले जनाएको छ।

क्यानले विनोद भण्डारीको कप्तानीमा क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ‘ए’ टिमको  घोषणा गरिसकेको छ।

नेपाल ‘ए’ टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन्।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्।

प्रतिक्रिया दिनुहोस्