शिक्षक सेवा आयोगले माग्यो ७ सय ७८ निमावि शिक्षक (विज्ञापनसहित)

1.97k
Shares

काठमाडौं ।

शिक्षक सेवा आयोगले ठुलो संख्यामा शिक्षक माग गरेको छ। आयोगले बुधबार वेबसाइटमा सूचना प्रकाशित गरेर निमावि तृतीय श्रेणी शिक्षक पदका लागि ७ सय ७८ जना शिक्षकको विज्ञापन खुलाएको हो।

आयोगको फागुन १ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको निम्न माध्यमिक तह शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान आयोगले जनाएको छ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले बुधबारदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ। दोब्बर दस्तुरमा चैत ८ गतेसम्म दरखास्त बुझाउन सकिनेछ ।

Skip This