मेनुकालाई राष्ट्रपति पौडेलेको बधाईं

98
Shares

काठमाडौं ।

इण्डियन आइडलको उत्कृष्ट १० सम्म पुग्न सफल गायिका मेनुका पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाईं दिएका छन्।सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले उनलाई धन्यवाद दिँदै सम्मानसमेत व्यक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले मेनुकाले पाएको सफलताको प्रसंशा गर्दै मेनुकाले आफ्नो परिश्रम, मिहिनेत र योग्यताले सम्पूर्ण नेपालीको शिर उँचो बनाएको बताएको उनको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले मिहिनेत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको शान र गौरव बढाउने बताएका थिए।

भारतीय गायन रियालिटी शो इण्डियन आइडलबाट गत साता बाहिरीएकी उनी हाल काठमाडौंमा छिन्। शोमा भाग लिएस“गै चर्चा कमाएकी मेनुकाले शोमा निर्णायकहरूको मन जितेकी थिइन्।