नेपाल प्रहरीमा १ हजार ९५० जनालाई जागिर खुल्यो

11.47k
Shares

काठमाडौं ।

नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार एक सूचना प्रकाशित गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त आह्वान गरेको हो।

प्रहरीले जारी गरेको सूचना अनुसार खुला तथा समावेसीसहित प्रहरी जवानमा एक हजार ८५६ जना माग गरिएको छ। यस्तै कार्यालय सहयोगीमा भान्सेदेखि खेलाडीसम्म ९४ माग गरिएको छ।

जस अन्तर्गत ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ।

चैत ९ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उमेदवारले दरखास्त दिन सक्नेछन्।