बुनुलाई राम्रो हुनु छैन

3.85k
Shares

काठमाडौं ।

गायिका बुनु श्रेष्ठद्वारा स्वरबद्ध नयाँ गीत राम्री हुनु छैन मलाई हालै सार्वजनिक भएको छ।

गीतकार आनन्द अधिकारीको शब्द रचना र दीपक शर्माको संगीत रहेको गीतमा एक यवतीले परिस्थिति र समयसँगै बदलिँदै गएको आफ्नो स्वरूप र यथार्थलाई स्वीकारेको भाव प्रस्तुत गरिएको छ।

बाहिरी श्रृंगारभन्दा समयले गरिदिने श्रृंगार र समयसँगैको भोगाइचाहि“ वास्तविक हुन्छ भन्ने गीतले दर्शाएको छ। संगीत सुन्न मन पराउनेका लागि कर्णप्रिय रहेको रहेको सो गीतले भन्छ

धेरै कुरा लेख्यो ठूले समयले निधारमा
धेरै श्रृंगार गर्‍यो ठूले समयले मुहारमा
म जे छु ठीक छु ठूले राम्री हुनु छैन मलाई
साँच्ची ठूले राम्री हुनु छैन।
रंग छैन मेटिदिने नाम्लोको डामलाई
फूल छैन छोपिदिने पसिनाको फूललाई
कुन अत्तर टिप्न सक्छ, हुरी चल्या मनमा
कुन लाली उड्न सक्छ कलेटी पर्‍यो ओठमा
कुन रत्न ठूलो छ र चोटको रत्नभन्दा
कुन चमक तेज छ र धैर्यको ज्योतिभन्दा
कुन गाजल टिक्न सक्छ आँसु बग्ने डिलमा
कुन मेहन्दी अड्न सक्छ फिक्का फिक्का तनमा
म जे छु ठीक छु ठूले राम्री हुनु छैन मलाई।

गीतमाथि निर्माण भएको भिडियोमा गायिका श्रेष्ठ स्वयम् फिचर्ड छिन्। भिडियोमा बुनु गीत गाइरहेकी देखिन्छिन्। भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन तथा दीपेन बस्नेतले छायांकन र सम्पादन गरेका छन्।

महेश्वरमान राजभण्डारीको मिक्सिङ र मास्टरिङ रहेको गीत स्टुडियो साउन्ड मिल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

Skip This