बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरी रिहा



काठमाडौं ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएको छन्। काठमाडौं जिल्ला अदालतको आदेशनुसार उनलाई बुधबार रिहा गरिएको हो।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनाबद्ध रुपमा निजी स्वामित्वमा ल्याएको विषयमा अनुसन्धान गरिरहेको सीआईबीले यही १८ माघमा चौधरीलाई पक्राउ गरेको थियो।

पक्राउ परेका अन्य दुई जनालाई पनि रिहा गरिएको सीआईबीले जनाएको छ। उनीसँगै कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुर पनि पक्राउ परेका थिए।

पक्राउ परेपछि ३ जनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रथम पटक ४ दिनको म्याद थप भएको थियो। ४ दिनको म्याद सकिएपछि सीआईबीले सोमबार उनीहरुलाई पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।

तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सोमबारको इजलासले व्यवसायी चौधरीसहित ठाकुर र थापालाई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न भनी प्रहरीका नाममा आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्