स्काउटको निर्वाचन कार्यक्रम नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी



काठमाडौं ।

सर्वोच्च अदालतले स्काउटको निर्धारित निर्वाचन कार्यक्रम नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयले स्काउटको कार्यक्रम रोक्न भनी पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफलका लागि दुवै पक्षलाई २५ माघमा झिकाएको छ । नेपाल स्काउटमा तहबाट चुनिँदै आएका प्रतिनिधिहरुले केन्द्रीय पदाधिकारी चयन गर्छन । नयाँ पदाधिकारी चयन गर्न स्काउटले निर्वाचन कार्यक्रम तय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्