निर्देशक निश्चल बस्नेतद्वारा स्वास्थ्य चौकीलाई जग्गा दान



काठमाडौं ।

फिल्म निर्देशक निश्चल बस्नेतले तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य चौकीलाई दान गरेका छन् ।

इलाम नगरपालिका-१ साखेजुङमा रहेको आफ्नो नामकाे तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको जग्गा उनले स्वास्थ्य चौकी दिएका हुन् ।

बुवाको इच्छामा उक्त जग्गामा स्वास्थ्य संस्थालाई प्रदान गरेको निश्चलले बताए । वडा नम्बर १ का अध्यक्ष गायत्रीराम बस्नेतले निश्चलले दिएको उक्त जग्गा निकै उपयोगी हुने बताएका छन् । बाटोसँगै जोडिएको उक्त जग्गा उपयोगी र मूल्यवान पनि भएकाले स्वास्थ्य संस्था अब सुविधाजनक हुने अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्