सन्तोष र प्रीतिको स्वरमा बैमानी



काठमाडौं ।

गायक–गायिका सन्तोष कालीकोटे र प्रीति रिमालको स्वरमा तिम्रो माया रैछ बैमानी बोलको गीत हालै सार्वजनिक भएको छ।

कालीकोटेकै शब्द र संगीत रहेको गीतमा एक प्रेमी–प्रेमिकाको विछोडको कथा बुनिएको छ। गीतमाथि कथाअनुसारको म्युजिक भिडियो पनि बनेको छ।

जसमा सुजन बाबु गुरुङ, अनिल कटुवाल, सुनीता लामा र माया लामाको अभिनय रहेको छ।

भिडियो सिर्जन बराल ऋषिले निर्देशन गरेका हुन्। राम केसीले निर्देशन गरेको भिडियोमा अमृत चापागाईंको सम्पादन रहेको छ।

भिडियो सुजन बाबु गुरुङ युट्युब च्यानलबाट रिलिज गरिएको हो।

प्रतिक्रिया दिनुहोस्