उपहारको हेरेको छैन



काठमाडौं ।

अभिनेत्री तथा निर्मात्री रेखा थापाको पछिल्लो फिल्म उपहारको शीर्ष गीत हेरेको छैन बिहीबार सार्वजनिक भएको छ।

आगामी फागुन २५ गते रिलिज हुने फिल्मको सार्वजनिक गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द रचना रहेको छ।

गीतको अडियो र भिडियो पक्ष बलियो बनेको छ। कविराज गहतराजको कोरियोग्राफीले गीतको भिडियोलाई सार्थक बनाएको छ।

गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल र सुष्मा कार्की फिचर्ड छन्। सामाजिक विषयवस्तुमा आधारित फिल्ममा हास्य रसदेखि रोदनसम्मको समिश्रण रहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए।

फिल्ममा मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुसाललगायतले पनि अभिनय गरेका छन्।

अभिनेत्री थापाका पति बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन्।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा र संवाद, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन र अनुपम गौतमको भीएफएक्स रहेको छ।

प्रतिक्रिया दिनुहोस्