टेलर स्विफ्टको आपत्तिजक तस्वीरप्रति राष्ट्रपति कार्यालयको चिन्ता



काठमाडौं ।

पपस्टार टेलर स्विफ्टको अर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर निर्माण गरिएको यौनजन्य तस्वीर भाइरल बनेपछि त्यसले अमेरिकी सांसदमा समेत हंगामा मच्चाएको छ।

अमेरिकी राष्ट्रपति कार्यालयले यस घटनालाई लिएर चिन्तित भएको जनाउँदै सांसदहरूलाई यसबारे कानुन ल्याउन आग्रह गरेको छ।

ह्वाइट हाउसले सञ्चार माध्यमलाई पनि गलत सूचनालाई फैलिनबाट रोक्ने खालको नियमअनुसार काम गर्न आग्रह गरेको छ। हालै सामाजिक सञ्जाल एक्सबाट गायिका स्विफ्टको अश्लील तस्वीर भाइरल भएको थियो।

पहिलोपटक उनको तस्वीर सेयर गर्ने एक्स अकाउन्टलाई निलम्बन गरिएको छ। द न्युयोर्क टाइम्सका अनुसार शुरुमा सेयर गर्ने एक्सको एकाउन्टमा सो तस्विर ४७ मिलियन पटक हेरिएको थियो।

उनको अश्लिल तस्वीर भाइरल भएपछि राजनीतिज्ञदेखि अधिकारकर्मीसमेतले प्रविधिको दुरुपयोग गरेर मानव समाजलाई नकारात्मक असर पर्ने खालका गतिविधिको विरोध गर्दै दोषीलाई कारबाही हुनुपर्ने आवाज उठाइरहेका छन्।

पछिल्लो समय हलिउडदेखि बलिउडसम्मका सेलिब्रेटी डिपफेकको सिकार भइरहेका छन्। केही वर्षअघि नेपाली सेलिब्रेटी पनि यसको शिकार भएका थिए।

त्यस समयमा नेपाल समाचारपत्रको सह–प्रकाशन कामना मासिकको पहलमा ती डिप फेक भिडियो कम्तीमा नेपालबाट हेर्न नमिल्ने व्यवस्था मिलाइएको थियो।

प्रतिक्रिया दिनुहोस्