निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु



काठमाडाैं ।

पाेखराकाे लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर एक इञ्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराई रहेको प्रहरीले जनाएको छ।

लेकसाइडस्थित स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए।

गम्भीर घाइते भएका उनलाई तत्कालै गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उनकाे उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्