रुवाउने माया



काठमाडौं ।

सञ्चारकर्मी अनिल नेपालीको सामाजिक कथामा आधारित गीत रुवाउने माया सर्वोत्तम च्यानल युट्युबबाट सार्वजनिक भएको छ।

स्वस्थानी कथामा गोमा र शिवको वियोगान्त विछोडजस्तै पवित्र प्रेमको खोजीमा भौतारिँदै हिँडेकी कथाकी मूल पात्र पवित्रा रहेकी छन्।

गीतमा लय र शब्द अनिल नेपाली स्वयम्को छ भने स्वर अनिलका साथमा अनुजा पुडासैनीको रहेको छ।

दिलिप परियार र मीना परियारको मुख्य भूमिका रहेको गीतको भिडियोलाई अनिल नेपालीले नै निर्देशन गरेका छन् भने कलाकार लोकेश एनपीले छाया“कन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्