समयमा काम नगर्ने २२ ठेकेदार कम्पनी कालोसूचीमा


काठमाडौं ।

ठेक्का लिएर समयमा निर्माण कार्य सम्पन्न नगर्ने २२ कम्पनीहरू एकैपटक कालोसूचीमा परेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो।

नेपाल सरकारले सूचना जारी गदै कम्पनीहरू कालो सुचीमा परेको जनाएको हो।  कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ।

जसमा ४ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ५ निर्माण कम्पनीलाई २ वर्ष, ५ वटा निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ८ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ।

कालोसूचीमा परेकाहरू सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा  भाग लिन पाउँदैनन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।