मुनव्वर फारुकीले जिते बिग बोस-१७ को उपाधि



काठमाडौं ।

भारतीय रियालिटी शो ‘बिग बोस–१७’को उपाधि मुनव्वरफारुकीले जितेका छन्। आइतबार राति भएको फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो।

बिग बोस १७ को टप ५ मा मुनव्वर फारुकी, अंकिता लोखंडे, अभिषेक कुमार, मनारा चोपडा र अरुण महाशेट्टी पुगेका थिए। जसबाट अभिषेक र मुनवर फारुकी टप २ पुगेका थिए। तर, उपाधि फारुकीले जिते।

विजेता भएसँगै फारुकीले ५० लाख भारतीय रुपैयाँसहित गाडीसमेत हात पारे। फारुकी स्टयान्ड-अप कमेडियनसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्