सिनरले जिते पहिलो ग्रान्डस्लाम उपाधि



एजेन्सी ।

इटालिका यानिक सिनरले रुसका डेनिल मेदभेदेभविरुद्ध पुनरागमन जित निकाल्दै करियरको पहिलो ग्रान्डस्लाम टेनिस उपाधि जितेका छन् ।

अस्ट्रेलियन ओपनअन्तर्गत आइतबार भएको फाइनल खेलमा पहिलो २ सेटले पछि परेका सिनरले मेदभेदेभलाई ५ सेटमा हराएका हुन्। उनले सो खेल ३–६, ३–६, ६–४, ६–४, ६–३ ले आफ्नो पक्षमा पारेका थिए । सिनर पहिलो फाइनलमै उपाधि जित्न सफल भए।

सिनरले सेमिफाइनलमा १० पटकको अस्ट्रेलियन ओपन च्याम्पियन नोभाक जोकोभिचलाई हराएका थिए । फाइनलमा भने उनी पहिलो दुई सेटमै पछाडि परेका थिए। तर, उनले तेस्रो र चौथो सेटमा एक–एक सर्भिस बे्रक गरेर जितेपछि निर्णायक सेटमा ५–२ को अग्रता लिएर उपाधि जित्ने पक्का गरेका थिए।

मेदभेदेभको लागि भने यो फाइनल तीतो बनेको छ । यो उनको तेस्रो फाइनल भए पनि उपाधि जित्न अक्षम भए। यसअघि, २०२१ र २०२२ को अस्टे«लियन ओपन फाइनलमा उनी फाइनल पुगेका थिए। त्यतिबेला पनि उनी उपाधि जित्नुबाट जोकोभिच र राफाएल नाडाल बाधक बनेका थिए।

मेदभेदेभले हारपछि निरास हुँदै भने—‘फाइनलमा हार्नु पीडा हुन्छ। यो भन्दा त पहिले नै हार्नु नै राम्रो हुन्थ्यो। म सँधै जित्न चाहन्छु र अब अर्को वर्ष कोशिस गर्नेछु।’

पुरुष सिंगल्सका विजेता–उपविजेता २०१२ देखि

प्रतिक्रिया दिनुहोस्