गीतमा खुसी मागेको थिएँ

4.51k
Shares

काठमाडौं ।

कम समयमा नै धेरै चर्चा बटुल्न सफल उपन्यास माया मिस्ट्रीका लेखक मोहन के. श्रेष्ठको शब्द रचना रहेको गीत खुसी मागेको थिएँको म्युजिक भिडियो एक कार्यक्रमका बीच हालै सार्वजनिक गरिएको छ।

गीतमा संगीत र संगीत संयोजन अनिल तुलाधर तथा स्वर गायिका दीपा महर्जनको छ। पवन जोशीको निर्देशनमा बनेको गीतको भिडियोमा सन्देश श्रेष्ठ, आराध्य लक्ष्मी खड्गी, सुरेन्द्र श्रेष्ठ, सरु भारती र निर्मल रंजीतले गरेका छन्।

नेवाः संगीत संकिपा तिबः पुचःको व्यानरमा निर्माण भएको भिडियोमा छायांकन, सम्पादन र कलरिङ सोहन मानन्धरको रहेको छ।

कार्यक्रममा प्रमूख अतिथी नेपालभाषाका साहित्यकार नविनप्रकाश श्रेष्ठले आख्यानकार मोहन के श्रेष्ठको गीत रचना क्षेत्रको यात्रा खँदिलो हुने विश्वास व्यक्त गरे। फिल्म पत्रकार विजयरत्न तुलाधरले नेपाल भाषाको भिडियो सार्वजनिक हुनु सुखद पक्ष रहेको चर्चा गरे।

नयाँ गीतमा नयाँ तरिकाले शब्द र संगीतको भावनात्मक अभिव्यक्त प्रस्तुतिलगायत भिजुलाइजबाट आफू निकै प्रभावित भएको निर्माता तथा रचनाकार श्रेष्ठले बताए।