सिजनको अन्त्यपछि बार्सिलोना छोड्ने जाभीको घोषणा



काठमाडौं ।

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका छन्। बार्सिलोनाले लगातार हार बेहोरेपछि जाभीले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन्।

बार्सिलोना केही दिनअघि स्पेनिस सुपर कोपाको फाइनलमा रियल म्याड्रिडसँग तथा यस सिजनको कोपा डेल रेबाट बाहिरिएको छ भने गएराती सम्पन्न ला लिगाको खेलमा भिल्लारियलसँग पराजित भएको थियो।

यो हारसँगै बार्सिलोना लिगमा शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा १० अङ्कले पछाडि रहेको छ। जाभीले हारसँगै क्लब छोड्ने घोषणा गरेका हुन् । जाभीले क्लबमा परिवर्तन आवश्यक रहेको बताउँदै आफुले ३० जुनपछि क्लब छोड्ने बताएका छन् ।

उनले आफू बार्सिलोनाको फ्यान भएको र क्लबको हितमा निर्णय लिएको बताएका छन्। जाभी २०२१ को नोभेम्बरदेखि बार्सिलोनाको प्रशिक्षक रहेका छन्।

उनले बार्सिलोना प्रशिक्षक रहँदा २०२२-२३को ला लिगा सिजन जितेका थिए भने २०२२-२३ को सुपर कोपाको उपाधि जितेका थिए।

प्रतिक्रिया दिनुहोस्