अफ्रिका कप अफ नेसन्स : नाइजेरिया र एंगोला क्वाटरफाइनलमा



काठमाडौं ।

नाइजेरिया जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै नाइजेरिया क्वाटरफाइनलमा पुगेको हो।

नाइजेरियाको जितमा दुवै गोल अडेमोला लूकम्यानले गरेका थिए। उनले खेलको ३०औं र ९०औं मिनेटमा गोल गरेका हुन्।
यो हारसँगै पाँच पटकको अफ्रिकी च्याम्पियन क्यामरुन प्रतियोगिताबाट बाहिरिएको छ।

त्यसैगरी गएराती सम्पन्न अर्को खेलमा एंगोलाले नामिबियालाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ।

एंगोलाका लागि गेल्सन डालाले दुई गोल गरे। अब क्वाटरफाइनलमा एंगोला र नाइजेरिया भिड्ने भएका छन्। त्यस्तै हारसँगै नामिबिया पनि प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्