लास पालमासलाई हराउँदै रियल म्याड्रिड शीर्ष स्थानमा



काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लस पलमासलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लस पलमासलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र औरेलिएन टिचोउआमेनीले एक एक गोल गरेका थिए। त्यस्तै लस पलमासका लागि जाभियर मुनोजले एक गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिडको २१ खेलमा ५४ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ। रियल म्याड्रिड हाल गिरोनाभन्दा स्पष्ट २ अङ्कले अगाडी रहेको छ ।

त्यस्तै लस पलमासको २२ खेलमा ३१ अङ्क रहेको छ र अङ्क तालिकामा नवौँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्