आरसीटीको फुटबल प्रशिक्षण कार्यक्रम शुरु



काठमाडौं ।

काठमाडौं महागनरपालिकाको सहयोगमा अन्नपूर्ण आरसीटीको आयोजनामा शनिबारदेखि फुटबल प्रशिक्षण कार्यक्रम शुरु भएको छ।

उत्कृष्ट युवा खेलाडीको उत्पादन उद्देश्य राखेर शनिबारदेखि ग्रास रुट स्तरको यो प्रशिक्षण कार्यक्रम शुरु गरिएको हो। कार्यक्रम लैनलोर युवा क्लब र बाँसबारी क्लबको संयुक्त सहकार्यमा सुरु भएको हो।

काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले मुख्य प्रशिक्षक विराटकृष्ण श्रेष्ठलाई बल हस्तान्तरण गर्दै सो कार्यक्रममा शुरु गरेका हुन्।

प्रशिक्षण प्रत्येक शनिबार र बिदाको दिन सञ्चालन हुनेछ। प्रशिक्षणमा आठदेखि १४ वर्षसम्मका १ सय २५ खेलाडीको सहभागिता रहेको छ। त्यसमध्ये १९ बालिका रहेका छन्।

वरिष्ठ प्रशिक्षक श्रेष्ठलाई हरिओम श्रेष्ठ, चेतनारायण श्रेष्ठ, अर्जुन लामा, प्रकाश वैद्य, सुरेश शाही र दामोदर सिल्पकारले सहयोग गर्नेछन्।

आयोजक क्लबका अध्यक्ष सुरेश शाक्यले प्रशिक्षण कार्यक्रमले काठमाडौं उपत्यकाबाट फुटबल खेलाडी उत्पादन हुने प्रक्रियामा सहयोग पुग्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्