संगमको ए गौरी



काठमाडौं ।

लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ए गौरी सार्वजनिक भएको छ।

बद्रि सापकोटा र संगम लामिछानेको स्वर रहेको गीतमा कृष्ण लामिछानेको शब्द, बद्रि सापकोटाको संगित र विनोद बाजुरालीको संगीत संयोजन छ।

गीतको भिडियोमा विमल अधिकारी, अञ्जली अधिकारी, रिया खड्का र दीपक पौड्यालले अभिनय गरेका छन्। मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियो संगम लामिछाने युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

काठे गीत हे मेरो सानुकी गायिका संगम लामिछाने पश्चिमी गीतसम्म गाउँदै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्