सभापति लामिछाने भारतमा, कार्यबहाक सभापतिको जिम्मेवारी वाग्लेलाई



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत जाँदैछन । सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन भने उनी १५ गते स्वदेश फर्कने छन् ।

सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछने सहभागी हुनेछन । जसअनुसार रास्वपा सभापति लामिछाने र उपसभापति डीपी अर्याल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन ।

उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदरवादमा आयोजित कार्यक्रममा सहभागी हुने केन्द्रिय सदस्य दिपक बोहराले जानकारी दिए । माघ १३ र १४ गते भारतका बिभिन्न कार्यक्रममा रहने भएकाले उपसभापति डा। स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्