बारा प्रहरीले गरे ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट



माघ ।

बारा प्रहरीले ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १४ स्थित राजघटा देखि सिमलासम्म ७ स्थानमा सञ्चालन गरिएको अबैध मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनका अनुसार १ हजार ५ सय मुल्य बराबरको तयारी मदिरा १५ लिटर र २५ हजार ८ सय मुल्य बराबरको कच्चा पदार्थ ४३० लिटर नष्ट गरिएको हो । साथै प्रहरीले उक्त अथानमा सञ्चालित ७ वटा भट्ठी समेत नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्