गाईघाटमा दोस्रो प्रदेश महोत्सव हुने



उदयपुर ।

उदयपुरको गार्यघाटमा आउँदो फागुन १ गतेदेखि त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो प्रदेश महोत्सव २०८० त्रियुगा सञ्चालन गरिने भएको छ ।

शुक्रवार आयोजक संस्था त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरी आउँदो फागुन १ गतेदेखि १० गतेसम्म गाईघाटको बरुवा बसपाकृमा सो मेला लगाउने तयारी गरिएको जानकारी दिइएको छ । जिल्ला समन्वय समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहकार्य तथा समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ र कोसी प्रदेश उद्योग वाणिज्य महासंघ प्रवद्र्धक रहेको प्रदेश महोत्सवको आयोजक संस्था त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार महोत्वकालागि स्थानीय त्रियुगा नगरपालिका, जिल्ला समन्वय समिति जिल्ला प्रशासन ज्ल्लिा  प्रहरी कार्यालयलगायतका सरकारी निकायबाट स्वीकृति प्राप्त भैसकेको ले महोत्सवमा स्थानीय उत्पादन तथा स्थानीय कला संस्कृति , पर्यटन प्रवर्द्धन लगायतका विषयहरूलाई प्राथमिकता दिने बताइएको छ ।

उदयपुर जिल्लाका आटै पालिका, घरेलु, कृषि ज्ञान केन्द्र,जिल्ला स्वास्थ्य कार्यालय, वन डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग महासंघ लगायतका संस्थाहरुको सहभागिता रहने सो महोत्सवमा एक दिन नि:शुलका टिकटको व्यवस्था गरी लागु औषध सम्बन्धी जनचेतना मूलक कार्यक्रम गर्ने योजना रहेको पत्रकार सम्मेलनमा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले बताए ।

उद्योग, व्यापार, कृषि, शैक्षिक, पर्यटन लघु उद्यम, सूचना तथा प्रविधिको वृहत् प्रदशृनी मूल नाराका साथ आयोजना हुन लागेको दोस्रो प्रदेश महोत्सवमा करिब १ लाख मानिसले अवलोकन गर्ने र पहिलो प्रदेश महोत्सव २०७४ सालमा भएको तर पछि कोरोनाका कारण महोत्सव हुन सकेको थिएन । यो महोत्सवमा करिब १ करोड ५० लाखको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १ सयदेखि १ सय ५० जटासम्म स्टलहरू रहने पत्रकार सम्मेलनमा त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।

कोभिड संक्रमणका मारण केही वर्षदेखि स्थगित भएको महोत्सवले स्थानीय उत्पादनको बजारी करण गर्न सहयोग पुग्ने,व्यावसायिक चेतना अभिवृद्धि गर्ने,, निकासी योग्य वस्तुहरूको पहिचान र बजार प्रवर्द्धनमा सहयोग पुग्ने,, कृषि पेशा व्यवसायकी करण गर्न सहयोग पुग्ने, लगानीका अवसरहरूको सृजना गर्ने,सूचना प्रविधि सम्बन्धी जानकारी गराउने लगायतका उद्देश्यका साथ महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्