आकाशमा ढोका खुलेको विमान तीन साता पछि फेरी उडान शुरु



अलास्का। ‘मिड एयर डोर प्लग ब्लोआउट’ घटनाको कारण तीन हप्ता सम्म ग्राउन्डेड भएको बिमान पुनः उडानमा फर्किएको छ । तीन हप्ताको अन्तराल पछि अलास्का एयरलाइन्सले शुक्रबार आफ्नो बोइङ ७३७ म्याक्स म्याक्स ९ को उडान पुनः सुरु गरेको हो । सो बिमान मिड ए सिएटलबाट सान डिएगोको लागि उडेको हो ।

एयरलाइन्सले संघीय उड्डयन प्रशासन ९एफएए० को निर्देशन पछ्याउँदै आफ्नो म्याक्स ९ विमानहरूको फ्लीटमा सम्पुर्ण भागको कडा निरीक्षण गरे पछि उडानका लागि अनुमति दिएको हो ।

ग्राउन्डिङ पछि पहिलो म्याक्स ९ को उडान शुक्रबार दिउँसो स्यान डिएगोको लागि सिएटल टाकोमा अन्तर्राष्ट्रिय एयरपोर्टबाट भरेको छ । त्यसपछि लस भेगासबाट पोर्टल्यान्ड, ओरेगन र सिएटलबाट ओन्टारियो, क्यानाडाका लागि थप दुई उडानहरू प्रस्थान गर्ने तालिका रहेको छ ।

एयरलाइन्सले बुधबार एक विज्ञप्तिमा प्रत्येक विमानको सुरक्षा र वायु योग्यता सुनिश्चित गरेपछि शुक्रबारबाट आफ्ना केही म्याक्स ९ अपरेशनहरू पुनः सुरु गर्ने योजना बनाएको जनाएको थियो । ‘हाम्रो प्रत्येक ७३७– ९ म्याक्स कडा निरीक्षणहरू पूरा भएपछि मात्र सेवामा फर्किएका छन र एफएएका आवश्यकताहरू अनुसार प्रत्येक विमान हावामा उडान योग्य मानिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्