गृहणी महिला संघ काठमाडौंद्वारा रौतहटमा न्यानो कपडा वितरण



रौतहट ।

गृहणी महिला संघ नेपाल काठमाडौँले रौतहटका विपन्न परिवारहरुलाई न्याना कपडा वितरण गरेको छ।

सो संस्थाले जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ७ उचिडीका सय घरधुरीलाई ब्ल्याकेन्ट, स्विटर , सारी लगायतका न्याना कपडाहरू वितरण गरेको हो।संस्थाकी अध्यक्ष अमृता शर्माको नेतृत्वमा आएको टोलीले शुक्रबार सो टोलमा पुगेर स्थानीयलाई न्याना कपडाहरू वितरण गरेको संस्थाले जनाएको छ ।

गृहणी महिला संघले सदैव सामाजिक कार्यहरु गर्दै आएको र आज रौतहटका विपन्न परिवारहरुलाई न्याना कपडाहरू सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताईन्।

उनले आगामी दिनहरुमा पनि रौतहट आएर सामाजिक कार्यहरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो कार्यका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरिन्। चिसोको कहरमा रहेका नागरिकहरुलाई सक्दो सहयोग गर्न संस्थाका सदस्यहरुले आफुले आर्थिक संकलन गरेर न्याना कपडाहरू खरिद गरेर रौतहट आएको संस्थाकी सरिता आचार्यले बताइन्।

चन्द्रपुर ५ मा रहेको नमुना इंग्लिस आवासीय स्कुलको सहकार्यमा सम्पन्न सो कार्यक्रममा विद्यालयकी संचालक लक्ष्मी श्रेष्ठ, नेकपा एमाले रौतहट प्रचार विभाग प्रमुख रुपेश कुमार पटेल लगायतको उपस्थिति रहेको थियो। राज्यका निकायहरुले चिसोको कहरमा आफुहरुलाई वेवास्ता गरेको बेला गृहणी आएर न्याना कपडाहरू प्रदान गरेकोमा स्थानीयले खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्