चौदण्डीगढीमा जंगली हात्तीको आतङ्क



उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ५ सुन्दरपुर तथा सिवाई गाउँमा केही दिनदेखि जंगली हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नपात समेत क्षती गरेको छ ।

समूहमा राती १० बजेपछि आएको जंगली हात्तीले चौदण्डीगढी ५ का सुन्दरपुरका, निर बहादुर थापा, विर्ख बहादुर खड्काको टिनको छानो भएको घर भत्काएको छ भने अन्नपात समेत नक्ष्ट गरेको छ । जंगली हात्तीले सोही राती सोही वडाको सिवाई गाउँका उद्धव पोखरेल, गणेश बस्नेतको भान्सा भत्काएको छ ।

जिल्ला प्रहरी कायाृल्य उदयपुरले दिएको जानकारी अनुसार यस अघि पनि जंगली हात्तीको समुहले सोही वडाको सुन्दरपुर गाउँमा वितण्डा मच्चाएको थियो । यस पटक पनि हात्तीले धेरै जनाको घरमा क्षति गरेको र अन्नपात पनि नष्ट गरेको जिल्ल प्रहरी कायाृलय उदयपुरले जनाएको छ ।
चौदण्ढीगढी वडा नं ५ को सिवाईस्थित माध्यमिक विद्यालयको पर्खाल भत्काएको र त्यहाबाट त्रियुगा नदी तरेर हात्ती ५ नं वडाकै बेल्हा गाउँमा पुगेर छेव नारायण चौधरीको घर भत्काएको थियो । ६ नं वढाका रत्न बहादुर कार्कीको पनि घर भत्काएको छ भने हात्तीले अन्दाजी १ लाख ५० हजारको क्षती गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय मानिसहरुका अनुसार हात्ती प्रत्येक वर्ष आउने गरेको र स्थानीयको धेरै बाली, घर गोठ तथा भकारीको धान नष्ट गर्ने गरेको बताएका छन् । वडा नं छ सुन्दरपुरका दिलिप थापाका अनुसार विगतका वर्षहरुमा पनि जंगली हात्ती गाउँ पसेर वितण्डा मच्चाएको र बालीनालीका साथै घरगोठ भत्काएर लाखौको क्षति गरेको थियो । राको बालेर लखेट्दा पनि आफैँ उपर आइलाग्ने भयले गर्दा हात्ती भगाउन समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्