अनेरास्वयिवुले गरायो त्रिविको ध्यानाकर्षण



काठमाडौँ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि संशोधन गर्न लागेको भन्दै ध्यानाकर्षण गराएको छ। त्रिवि कार्यकारी परिषद्बाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि, २०७५ मा संशोधन गर्न लागिएकोप्रति अनेरास्ववियुले आपत्ति जनाउदै त्रिविका उपकुलपति शिवलाल भुसाललाई ध्यानाकर्षण पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो।

 

श्रीमान् उपकुलपतिज्यू,

उपकुलपतिको कार्यालय,

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।

 

बिषयः गम्भीर ध्यानकर्षण सम्बन्धमा ।

नेपाली विद्यार्थी आन्दोलनको सर्वाधिक शक्तिशाली एवम् विद्यार्थीहरू माझ लोकप्रिय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), त्रिभुवन विश्वविद्यालयमा शैक्षिक तथा प्राज्ञिक वातावरण चुस्तदुरूस्त बनाउन सदैव सक्रिय रहेको यहाँहरूमा अवगत नै छ ।

यसै सन्दर्भमा त्रि.वि. कार्यकारी परिषदबाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि कार्यविधि, २०७५ मा मिति २०८० असोज २१ गते संशोधन भई कार्यान्वयनका लागि त्रि.वि. सेवा आयोगमा पठाइएकोमा संशोधित विनियम कार्यान्वयनमा नआदै पुन संशोधन गर्न लागिएको भन्ने खबरप्रति अनेरास्ववियु त्रि.वि. जिल्ला कमिटिको गम्भीर ध्यानकर्षण भएको छ । विश्विवद्यालयका प्राध्यापकको नियुक्ति र बढुवाका लागि आवश्यक अनुसन्धान तथा कृतिलाई मुख्य आधार बनाइ प्राध्यापक तथा सह प्राध्यापकको आन्तरिक बढुवा गरिनु पर्ने भएतापनि संशोधन भएको कार्यविधिलाई एकपटक पनि कार्यान्वयनमा नल्याइ उक्त संशोधित बिषयवस्तु हटाउन विश्वविद्यालयका पदाधिकारीहरूको गतल मनसाय रहेको बिषय प्रष्ट देखिन्छ । त्रि.वि. शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि विनियम, २०७५ (संशोधन २०८० असोज २१ गते) को विनियम २१ को उपविनियम (६) को खण्ड (क) मा व्यवस्थाले लोकसेवाको संलग्नता र समन्वयले त्रि.वि. सेवा आयोगले लिने हरेको परीक्षाको पश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनले परीक्षाको निश्पक्षता र विश्वसनीयता बढाइ योग्य तथा सक्षम व्यक्ति त्रिवि सेवामा प्रवेश पाउने कुरा विश्वविद्यालयको हितमा रहेको देखिदा देखिदै पनि उक्त कार्यविधि संशोधन गर्न समिति निर्माण गर्न लागिएको भन्ने कुराले विश्वविद्यालयको प्राज्ञिक क्षेत्र नभइ आफू निकटतम व्यक्तिहरूको भर्तीकेन्द्र बनाउन उद्दत रहेको देखिन्छ ।

 

यसका साथै त्रि. वि. कार्यकारी परिषद मार्फत शिक्षक नियुक्ति तथा बढुवा सम्बन्धि कार्यविधि, २०७५ (संशोधित २०८० असोज २१ गते) त्रिवि सेवा आयोगको वेबसाइटमा हालसम्म पनि नराखिएको पाइएकोले तत्काल पछिल्लो पटक संशोधित (२०८० असोज २१ गतेको संशोधन) त्रि.वि. शिक्षक नियुक्तिको सिफारिस सम्बन्धि कार्यविधि वेबसाइटमा राख्न समेत अनुरोध गर्दछौ ।

हामीले उठान गरेका बिषयवस्तुमा त्रिभुवन विश्वविद्इलय गम्भीर नभए अनेरास्ववियु जस्तोसुकै आन्दोलनका लागि तयार रहेको कुरा त्रिभुवन विश्वविद्यालय प्रशासनलाई चेतावनी दिन चाहन्छौं ।

हार्दिक अभिवादन सहित !

 

 

प्रतिक्रिया दिनुहोस्