त्रिभुवन विमानस्थलमा अध्यागमनका अधिकृतमाथि प्रहरीद्वारा हातपात



काठमाडौं ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रहरीले कर्मचारीमाथि हातपात गरेका छन् । शुक्रबार अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । उक्त चेकजाँच गर्ने क्रममा विवाद भयो ।

अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए । त्यो विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले बताए । यसको गुनासो आएपछि अध्यागमन कार्यालय प्रमुख गोगन बहादुर हमाल आफैं सीसीटीभी फुटेजमा हेर्दा प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानमाथि दुव्यर्वहार गरेको देखिएकाे बताएका छन् ।

लगतै अध्यागमन कार्यालय प्रमुख हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएका छन् । यसबारे विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द समेतको उपस्थितिमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्