सुदूरपश्चिम प्रदेश : माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदको निर्णय



काठमाडौं ।

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदहरुले निर्णय गरेका छन् । शुक्रबार बसेको बहुमत पुग्ने ६ जना प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेता फेर्ने निर्णय गरेका हुन् ।

उनीहरुले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चयनको निर्णय गरेका हुन् । भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउन गरिएको निर्णयबारे प्रदेशसभा संसद् सचिवालयलाई जानकारी गराइएको उनीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्