बानेश्वरमा गुड्दागुड्दै भासियो बस



काठमाडौं ।

काठमाडौं नयाँ बानेश्वर सडकमा गुडिरहेको बस भासिएको छ। कोटेश्वरबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेका बेला बानेश्वरमा  भासिएको हो।

गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएको स्थानीयले बताएका छन्। सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ।

अहिले बसलाई त्यहाँबाट हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्