७८ औँ स्थापना दिवस मनाउँदै कांग्रेस



काठमाडौं ।

नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ। नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ।

पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने कांग्रेसको तयारी छ।

केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

केन्द्रबाहेक सात प्रदेश र जिल्ला कार्यसमितिले पनि स्थापना दिवसको कार्यक्रम गर्दैछन्। कांग्रेसले माघ १३ देखि २६ गतेसम्म “समुदायमा कांग्रेस” अभियान सञ्चालन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्