प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै



काठमाडौं ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक मात्र खेल हुँदै छन्। आज एक मात्र खेल टियु मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच हुँदै छ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ। नेपाल पुलिस क्लबले आफ्नो ५ खेलमा सबै खेल जितेर १० अङ्कसहित शीर्ष स्थानमा रहेको छ।

त्यसैगरी बागमती प्रदेशले आफ्ना ८ खेलमा १० अङ्क हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ८ खेलमा १० अङ्कसहित तेस्रो स्थानमा रहेका छन्।

त्यस्तै त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अङ्क हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अङ्क हासिल गरेर पाँचौँ स्थानमा झरेको छ।

त्यस्तै एपीएफ ६ खेलमा ६ अङ्कसहित छैटौँ स्थानमा रहेको छ भने कर्णाली प्रदेश ६ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा झरेको छ।

त्यसैगरी गण्डकी प्रदेशले ६ खेलमा २ जितसहित ४ अङ्क हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ५ खेलमा एक जित र ३ हार बेहोरेर नवौँ स्थानमा छ।

त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्