सुनिल र विकल पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं ।

अकुत सम्पत्ति आर्जनमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई थुनामा राख्न अनुमती दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

हिजो पक्राउ परेका उनीहरुलाई अख्तियारले आज विशेष अदालतमा उपस्थित गराएको थियो । बिहीबार म्याद थपका लागि भएको बहसपछि अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्