प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुँदै



काठमाडौं । 

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै छन्। आज भैरहवा क्रिकेट मैदानमा एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच खेल हुँदै छ।

त्यस्तै अर्को खेल टियु मैदानमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच हुँदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदै छ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ५ खेलमा सबै खेल जितेर १० अङ्कसहित शीर्ष स्थानमा रहेको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशले ५ खेलमा ४ जितसहित ८ अङ्क हासिल गरेर दोस्रो तथा त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अङ्क हासिल गरेर तेस्रो स्थानमा रहेको छ।

त्यसैगरी बागमती प्रदेशले आफ्ना ७ खेलमा ८ अङ्क हासिल गर्दै चौथो र मधेश प्रदेशले आफ्ना ७ खेलमा ८ अङ्कसहित पाँचौं स्थानमा रहेका छन्। त्यस्तै कर्णाली प्रदेश ६ खेलमा ६ अङ्कसहित छैटौँ स्थानमा छ भने एपीएफ ५ खेलमा ४ अङ्कसहित सातौँ स्थानमा रहेको छ।

त्यसैगरी गण्डकी प्रदेशले ५ खेलमा २ जितसहित ४ अङ्क हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ४ खेलमा एक जित र ३ हार बेहोरेर नवौँ स्थानमा छ।

त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्