श्रीमानको लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु

0
Shares

सिन्धुली । 

सिन्धुलीको कमलामाई नगरपालिका १० डाडाँटोलमा श्रीमानले ढुङ्गाको लोहोरोले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ । मंगलवार राती १ बजेको समयमा डाडाँटोलका अन्दाजी ४१ बर्षिया मनोज कार्कीले सामान्य विवाद हुँदा ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गर्दा श्रीमती ४० बर्षिया सानु कुमारी कार्कीको मृत्यु भएको हो ।

 जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार श्रीमान् कार्कीले आफ्नै घरको आफू सुत्ने कोठामा लोहोरेले हिर्काउँदा श्रीमतीको मृत्यु भएको हो । श्रीमान् कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

 प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार घटना पछि आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि शवलाई सिन्धुली अस्पताल ल्याइएको छ । उनका दुई छोराहरू रहेका छन् ।