रामकृष्ण र रानीको गीत सार्वजनिक



काठमाडौं ।

प्रेमका लागि छटपटिएका पुरुष र महिलाको कथामा निर्मित गीत म को हुँ भिडियोसहित सार्वजनिक गरिएको छ।

गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यद्वारा स्वरबद्ध गीतमा रिमेश कुमारको संगीत र जनक वाग्लेको शब्द रचना रहेको छ। गीतले आफू आफ्नै हुन नसकेको समयमा अरुको कसरी हुन सकिन्छ भन्ने भाव प्रकट गरेको छ।

गीतको भिडियोमा अभिनेता सरोज खनाल र नायिका शिल्पा पोखरेलले अभिनय गरेका छन्। अभिनेता खनालले यो गीत र भिडियो आफ्ना लागि विशेष रहेको बताए। भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालले पनि अभिनय गरेका छन्।

रामकुमार केसीको छायांकन, विजेश पौडेलको सम्पादन रहेको यो गीतको भिडियोलाई रसरंग मिडियाले तयार पारेको हो।

प्रतिक्रिया दिनुहोस्