पाकिस्तानविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै



काठमाडौँ ।

दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ । समूह डी मा रहेको नेपालले यस खेलमा टस जितेको छ ।

नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै पाकिस्तानले पहिला बलिङ गर्ने भएको छ । नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

नेपाली प्लेइङ ११

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, सुभाष भण्डारी, उत्तम थापा मगर, विपिन रावल र आकाश चन्द ।

प्रतिक्रिया दिनुहोस्