राराको सेरोफेरोमा देउडा



मुगु ।

नेपालकै ठूलो र गहिरो ताल राराको सेरोफेरोमा पहिलोपटक देउडा गीत सुटिङ गरिएको छ।

गायक, गीतकार, संगीतकार तथा साहित्यकार हिक्मत शाही क्षितिजको शब्द र संगीतमा सम्झ्या मात्रै नरोया बोलको देउडा गीत रारा तालको सेरोफेरोमा सुटिङ गरी सार्वजनिक गरिएको हो।

देउडा गीतमा गायक धिरज सिंह र गायिका पूजा देवकोटाको स्वर रहेको छ। स्वर्गकी अप्सरा रारा तालमा छायांकन गरिएको गीतको भिडियोमा हिक्मत शाही क्षितिज, शैलेश हमाल र सिर्जना गिरीले अभिनय गरेका छन् भने छायांकन उब्जन युके र निर्देशन हिक्मत शाहीकै छ।

रारा तालमा आउने पर्यटकलाई दिइने सम्मान र सत्कारका साथै माझी दाइको जिन्दगीको कथा गीतको भिडियोमा छ।

हिक्मत शाहीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा कर्णाली र सुदूर पश्चिममा गाइने मौलिक देउडा गीतको भाका छ भने गीतका शब्द पनि खस भाषामा चलन चल्तीका छन्।

मनोरञ्जन मात्र नभएर रारा तालको पर्यटन, विकास, प्रवर्द्धन ,प्रचार–प्रसारमा समेत टेवा पुगोस् भनेर राराकै सेरोफेरोमा तयार पारिएको शाहीले बताए। गीतको भिडियोमा दुई दर्जनले देउडा खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्