लोक सञ्चारकर्मी नेपालमा नयाँ नेतृत्व



काठमाडौं ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नयाँ नेतृत्व पाएको छ। संस्थाको पाँचौं महाधिवेशनबाट निर्विरोध रूपमा चन्द्रमणि गौतमको नेतृत्वमा १५ जनाको नयाँ कार्य समिति चयन भएको हो।

संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शनप्रसाद आचार्य, उपाध्यक्षमा हरि प्रसाद दुलाल, सचिवमा कमल चौलागाई, सहसचिवमा शिवराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाई र सह–कोषाध्यक्षमा कल्पना रेग्मी चयन भएका छन्।

यस्तै सदस्यहरूमा गोपिकृष्ण चापागाईं, सविता पोखरेल, तुलबहादुर परियार, शिखरजंग श्रेष्ठ, करिस्मा केसी, बिनिता कुँवर क्षेत्री, बाबुराम सिग्देल र कविराज ढकाल चयन भएका छन्।

अध्यक्ष चुनिएसँगै गौतमले लोक सञ्चारकर्मीको हकहितका लागी काम गर्ने बताए। उनले लोकगीतस“गै लोक संस्कृति, सम्पदा, भेषभूषा, परम्परा, लोकसाहित्य बिधामा निरन्तर सञ्चारमाध्यम मार्फत आवाज उठाइरहेका सन्चारकर्मीको भलोका लागी संस्थाले सदैव काम गर्ने बताए।

साथै उनले छिट्टै लोक सञ्चारकर्मी कल्याणकारी कोष स्थापना गर्ने घोषणा गरे। २०६५ सालमा तत्कालीन गोरखा एफएमका लोक गीतको कार्यक्रम सञ्चालक गोविन्द गिरीको अध्यक्षतामा ९ सदस्य कार्य समितिसहित संस्थाको गठन भएको थियो।

प्रतिक्रिया दिनुहोस्