नक्कली डाक्टरलाई कारबाही गर्न चिकित्सक संघको माग



काठमाडौँ।

नेपाल चिकित्सक संघले नक्कली डाक्टरको आरोपमा पक्राउ परेका सम्बुद्ध भट्टाचार्य लाई कानुन बमोजिम कारबाही अघि बढाउन माग गरेको छ ।

चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै नक्कली डाक्टरको आरोपमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले बाँसबारीमा बस्दै आएका सम्बुद्ध भट्टाचार्य लाई पक्राऊ गरेको र उनी चिकित्सक संघको सदस्य नभई नक्कली परिचय पत्र बनाएको जनाएको छ ।

सङ्घले चिकित्सक नभई नक्कली परिचय पत्र बनाएर परिचय पत्रको दुरुपयोग गर्दै सयौंको सङ्ख्यामा उपचारमा संलग्न भएका भट्टाचार्य लाई कानुन बमोजिमको कारवाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्